प्रधानमन्त्री बालेन्द्र शाहले देशको अर्थतन्त्र सुदृढ बनाउन निर्यात हुने वस्तुमा दुई वर्षसम्म छुट दिने नीति अघि सारिएको बताएका छन्।
प्रतिनिधिसभामा सांसदको प्रश्नको जवाफ दिँदै उनले अहिलेको प्राथमिकता आत्मविश्वासभन्दा पनि देशमा पैसा भित्र्याउने रहेको बताए। उनले चीनको उदाहरण दिँदै निर्यात प्रवर्द्धनमार्फत अर्थतन्त्र मजबुत बनाउने सरकारको योजना रहेको स्पष्ट पारे।


