Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > न्याय सुधारमा केन्द्रित रहने प्रधानन्यायाधीश शर्माको प्रतिबद्धता

न्याय सुधारमा केन्द्रित रहने प्रधानन्यायाधीश शर्माको प्रतिबद्धता

काठमाडौं, जेठ १९ — मनोजकुमार शर्मा ले आफू आकस्मिक रूपमा नेतृत्वमा आएको भए पनि कार्यकालभर न्याय क्षेत्र सुधार र सुशासन स्थापनामा केन्द्रित रहने बताएका छन्।

पत्रकारहरूसँगको भेटमा उनले छिटो, प्रभावकारी र पारदर्शी न्याय प्रवाहलाई प्राथमिकतामा राख्दै न्यायपालिकाप्रतिको जनविश्वास बढाउन काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसअघि उनले न्यायपालिका सुधार, सुशासन र विकृतिविरुद्ध शून्य सहनशीलता अपनाउन देशभरका न्यायाधीशलाई २१ बुँदे निर्देशनसमेत जारी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *