सुर्खेत, जेठ २० — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
मुख्यमन्त्री यामलाल कँडेलले प्रस्तुत गरेको कार्यक्रममा शून्य बेरुजु नीति, कृषिको आधुनिकीकरण, ‘एक गाउँ–एक व्यावसायिक फलफूल बगैँचा’, ‘एक स्थानीय तह–एक कृषि पाठशाला’ जस्ता कार्यक्रम समेटिएका छन्। साथै, १० वर्षे शिक्षा सुधार नीति, ‘लिटिल डाक्टर कार्यक्रम’, ‘एक घर–एक धारा’ अभियान तथा जलविद्युत् आयोजनामा लगानीलाई पनि प्राथमिकता दिइएको छ।


