Friday, June 05, 2026
Home > विराटनगर समाचार > एसइई कपको क्वाटरफाइनलमा बिकेभिएम, डनबस्को र नरग्राम

एसइई कपको क्वाटरफाइनलमा बिकेभिएम, डनबस्को र नरग्राम

विराटनगर, जेठ २० — विराटनगरमा जारी पाँचौँ एसइई कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा बिकेभिएम, डनबस्को स्कुल र नरग्राम मावि विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

बुधबार भएको खेलमा बिकेभिएमले दिल्ली पब्लिक स्कुललाई २–१, डनबस्कोले ज्ञान सारथि स्कुललाई ८–० तथा नरग्राम माविले राधाकृष्ण माविलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन्। साथै, सनसाइन बोर्डिङ स्कुलले जनता माविलाई २–१ ले हराउँदै पहिलो चरण पार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *