Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरानविरुद्ध थप सैन्य कारबाही रोक्न अमेरिकी तल्लो सदनको प्रस्ताव

इरानविरुद्ध थप सैन्य कारबाही रोक्न अमेरिकी तल्लो सदनको प्रस्ताव

काठमाडौं । अमेरिकी तल्लो सदनले इरानविरुद्ध थप सैन्य कारबाहीमा राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकार सीमित गर्ने प्रस्ताव पारित गरेको छ।

चार रिपब्लिकन सांसदले डेमोक्र्याटहरूको साथ दिएपछि प्रस्ताव २१५–२०८ मतले पारित भएको हो। प्रस्तावले इरानसँगको युद्धमा अमेरिकी संसद् (कंग्रेस) को स्वीकृतिको आवश्यकता रहेकोमा जोड दिएको छ।

यद्यपि, यो प्रस्ताव लागू हुन अमेरिकी माथिल्लो सदन (सिनेट) बाट अनुमोदन हुनुपर्नेछ र राष्ट्रपतिले भिटो प्रयोग गर्ने सम्भावना पनि रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *