राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असारको दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड का अनुसार उत्तरपुस्तिका परीक्षण सकिएको छ भने इन्ट्री र रुजु गर्ने काम अन्तिम चरणमा पुगेको छ।
गत वैशाख १४ गतेदेखि भएको परीक्षामा करिब ४ लाख १८ हजार विद्यार्थी सहभागी भएका थिए। बोर्डले सबै प्राविधिक तथा प्रशासनिक काम पूरा भएपछि नतिजा सार्वजनिक गर्ने जनाएको छ।


