काठमाडौं । पत्नी हत्या प्रकरणमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनिने कुमार थापा मगरले अपराध स्वीकार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
तारकेश्वर–६ पैँयुटारमा भएको घटनामा उनकी पत्नी ईश्वरी भुजेलको हत्या भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा थप तीन जनालाई समेत पक्राउ गरिएको छ।
प्रहरीका अनुसार कुमार थापाले अपराध स्वीकार गरे पनि अन्य पक्राउ परेकाहरूले संलग्नता अस्वीकार गरेका छन्। घटनामा पक्राउ परेकी प्रतीक्षा आचार्यले आफू केवल साथी भएको दाबी गर्दै प्रेम सम्बन्ध नभएको बयान दिएकी छन्।
प्रहरीले घटनाको कारण, सम्बन्ध र सम्भावित संलग्नताबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


