Saturday, June 13, 2026
Home > खेलकुद समाचार > विश्वकप उद्घाटन खेलमा अमेरिकाको दमदार सुरुआत

विश्वकप उद्घाटन खेलमा अमेरिकाको दमदार सुरुआत

काठमाडौं । घरेलु मैदानमा सुरु भएको फिफा विश्वकपको उद्घाटन खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ ले हराउँदै विजयी सुरुआत गरेको छ।

खेलको सुरुआतमै आत्मघाती गोलबाट अग्रता लिएको अमेरिकाका लागि फ्लोरियन बलागुनले दुई गोल थपे। दोस्रो हाफमा पाराग्वेले एक गोल फर्काए पनि जियोभानो रेनाको अन्तिम समयमा आएको गोलले अमेरिकालाई फराकिलो जित दिलायो।

यस जितसँगै अमेरिकाले घरेलु विश्वकप अभियान शानदार ढंगले सुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *