काठमाडौं । चर्चित सेफ सन्तोष साहलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई जनकपुरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्दा चेक अनादर तथा ठगीको आरोपमा साहलाई पक्राउ गरिएको हो। यसै प्रकरणमा नारायण साह पनि नियन्त्रणमा छन्।
जिल्ला अदालत काठमाडौंको अनुमति पछि पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन्।


