काठमाडौं । भारतले नेपाली चियामा नयाँ गुणस्तर परीक्षण व्यवस्था लागू गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग संकटमा परेका छन्। ५३ उद्योग आबद्ध सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ।
उद्योगीहरूका अनुसार लाखौं किलो चिया भारतीय बजारमा रोकिएको छ भने ठूलो परिमाणमा तयारी चिया गोदाममै थन्किएको छ। समस्या समाधानका लागि सरकारको तत्काल पहल आवश्यक रहेको उद्योगीहरूको भनाइ छ।


