विराटनगर । विराटनगरस्थित एक होटलमा बसेका २४ वर्षीय भारतीय नागरिक प्रिन्स कुमारको मृत्यु भएको छ।
प्रहरीका अनुसार शनिबार राति होटलको कोठामै अचानक बिरामी परेका उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृत्युको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


