विराटनगर । कोशी प्रदेशले स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, ११२ वटा सडक पुल र २५९ वटा झोलुङ्गे पुल निर्माण गरेको जनाएको छ। प्रदेशमा विद्युत् पहुँच ९९.५ प्रतिशत र आधारभूत खानेपानी पहुँच ९३ प्रतिशतभन्दा माथि पुगेको छ।
प्रतिव्यक्ति आय १,४१० अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिए पनि आर्थिक वृद्धिदर ३.१३ प्रतिशतमा सीमित रहने प्रक्षेपण छ। आन्तरिक राजस्व कमजोर रहनु, संघीय अनुदानमा निर्भरता र पुँजीगत खर्चमा ढिलासुस्ती भने प्रदेशका मुख्य चुनौतीका रूपमा कायम रहेका छन्।






