Monday, June 15, 2026
Home > स्थानीय समाचार > किचकबध उत्खननमा २,२०० वर्ष पुराना दरबारका अवशेष भेटिए

किचकबध उत्खननमा २,२०० वर्ष पुराना दरबारका अवशेष भेटिए

झापा । भद्रपुरस्थित ऐतिहासिक किचकबध क्षेत्रमा गरिएको नवौं चरणको उत्खननबाट करिब २,२०० वर्ष पुराना ९ वटा दरबारका संरचना फेला परेका छन्।

पुरातत्व विभागको सहयोगमा सम्पन्न उत्खननका क्रममा दरबार, पर्खाल, सुरक्षा संरचना, युद्ध सामग्री र प्राचीन इँटाका अवशेष भेटिएको पुरातत्वविद्हरूले बताएका छन्। कार्बन परीक्षणका आधारमा यी संरचना शुङ्ग–कुषाण कालका रहेको अनुमान गरिएको छ।

विज्ञहरूले किचकबध क्षेत्रलाई संरक्षण र विकास गर्न सके कोशी प्रदेशको प्रमुख पर्यटकीय तथा पुरातात्त्विक गन्तव्य बन्न सक्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *