Home > अन्तराष्ट्रिय समाचार (Page 16)

अण्डमान सागरमा डुङ्गा दुर्घटना: करिब २५० रोहिङ्ग्या बेपत्ता

अण्डमान सागरमा शरणार्थी बोकेको डुङ्गा पल्टिँदा झण्डै २५० जना रोहिङ्ग्या शरणार्थी तथा बङ्गलादेशी नागरिक बेपत्ता भएका छन्। डुङ्गा अत्यधिक भार र खराब मौसमका कारण मलेसियातर्फको यात्रामा दुर्घटनाग्रस्त भएको बताइएको छ। केही यात्रुहरू पुरुष, महिला र बालबालिका रहेको जनाइएको छ। बङ्गलादेश कोस्ट गार्डले केही व्यक्तिहरूलाई उद्धार गरेको छ भने मानव तस्करीमा संलग्न भएको

Read More

लेबनानमा आक्रमण: २४ घण्टामा ३५ जनाको मृत्यु

लेबनानमा पछिल्लो २४ घण्टामा भएका इजरायली आक्रमणमा कम्तीमा ३५ जनाको ज्यान गएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। दक्षिणी र पूर्वी क्षेत्रमा भएका हमलामा दर्जनौँ घाइते भएका छन्। इजरायलले इरान समर्थित हिजबुल्लाहलाई लक्षित गर्दै करिब ६ सातादेखि सैन्य कारबाही जारी राखेको छ। मार्च २ यता मात्रै आक्रमणमा २ हजारभन्दा बढीको मृत्यु भइसकेको

Read More

अमेरिका–इरान वार्ता ‘छिट्टै’ हुने संकेत

काठमाडौँ । डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच अबको दुई दिनभित्र वार्ता पुनः सुरु हुन सक्ने संकेत दिएका छन्। उनले एक अन्तर्वार्तामा चाँडै कूटनीतिक पहल अघि बढ्न सक्ने बताए। यसअघि इस्लामाबादमा भएको उच्चस्तरीय भेटवार्ता बिना ठोस निष्कर्ष टुंगिएको थियो। यद्यपि, इरान पक्षले हालसम्म अमेरिकासँग प्रत्यक्ष वार्ताबारे औपचारिक पुष्टि गरेको छैन।

Read More

बिहारमा सत्ता परिवर्तन, नीतिशकुमारको राजीनामा

भारतको बिहार मा मुख्यमन्त्री नीतिश कुमार ले पदबाट राजीनामा दिएका छन्। अब एनडिए गठबन्धनबाट सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्ने भएका छन्। राज्यसभा सदस्य बनेपछि १४ दिनभित्र पद छाड्नुपर्ने प्रावधानअनुसार नीतिशले राजीनामा दिएका हुन्। उनको बहिर्गमनसँगै भारतीय जनता पार्टी नेतृत्वको सरकार बन्ने बाटो खुलेको छ।

Read More

अमेरिकी–इजरायली आक्रमणपछि इरानमा ठूलो क्षति, प्रारम्भिक अनुमान २७० अर्ब डलर बराबरको क्षति

काठमाडौं । अमेरिकी र इजरायली आक्रमणका कारण इरानमा करिब २७० अर्ब अमेरिकी डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।इरान सरकारकी प्रवक्ता फातेमा मोहाजेरानीका अनुसार यो प्रारम्भिक मूल्यांकन हो र वास्तविक क्षति अझ बढ्न सक्नेछ। उनका अनुसार क्षतिको विस्तृत मूल्यांकन क्रमशः विभिन्न चरणमा भइरहेको छ। पहिलो चरणमा भौतिक संरचना र भवनहरूको

Read More

अमेरिका–इरान वार्ता : दोस्रो चरणको छलफलको तयारी, होर्मुज जलमार्गमा संकट गहिरिँदै

काठमाडौं । अमेरिका र इरानबीच दोस्रो चरणको वार्ताको वातावरण बनाउन दुवै देशका अधिकारीहरू सक्रिय भएका छन्। पाकिस्तानको इस्लामाबादमा भएको पछिल्लो वार्ता निष्कर्षविहीन बनेपछि नयाँ भेटवार्ताको सम्भावना बढेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानले आफ्ना शर्त स्वीकार गरे पुनः प्रत्यक्ष वार्तामा बस्न सकिने संकेत दिएको छ। पाकिस्तानले इस्लामाबादमै अर्को बैठक आयोजना

Read More

इरानको माग : पाँच देशसँग क्षतिपूर्ति

काठमाडौं — इरानले युद्धपछि भएको क्षतिको भरपाइ माग्दै पश्चिम एसियाका पाँच देशसँग क्षतिपूर्ति मागेको छ। इरानले बहराइन, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र जोर्डनलाई आफ्नो भूमि आक्रमणका लागि प्रयोग गर्न दिएको आरोप लगाएको छ। उसले उक्त घटनालाई अन्तर्राष्ट्रिय कानुनविपरीत भन्दै क्षतिको भरपाइ गर्नुपर्ने माग दोहोर्‍याएको छ।

Read More

होर्मुज विवाद चर्कियो : अमेरिकाद्वारा नाकाबन्दी, इरानमाथि ‘आर्थिक आतंकवाद’ आरोप

काठमाडौं — अमेरिकाले होर्मुज जलमार्गमा नाकाबन्दी लागू गर्दै इरानमाथि ‘आर्थिक आतंकवाद’ गरेको आरोप लगाएको छ। डोनाल्ड ट्रम्पले नाकाबन्दी क्षेत्र नजिक आउने इरानी जहाज नष्ट गर्ने चेतावनी दिएका छन् भने अमेरिकी पक्षले कडा निगरानी बढाएको जनाएको छ। उता, इरानले कुनै पनि दबाबमा नझुक्ने संकेत गर्दै युद्ध भए आफ्ना क्षमता देखाउने चेतावनी दिएको छ।

Read More

होर्मुज तनाव चुलियो : अमेरिकाका १५ युद्धपोत तैनाथ

काठमाडौं — होर्मुज जलमार्गमा अमेरिका र इरानबीच तनाव बढ्दै गएको छ। नाकाबन्दी लागू गर्दै अमेरिकाले १५ युद्धपोत तैनाथ गरेको छ। डोनाल्ड ट्रम्पले इरानी तेल ट्यांकर रोक्ने चेतावनी दिएका छन् भने संयुक्त राष्ट्रसंघले जहाज आवागमन स्वतन्त्र राख्न आग्रह गरेको छ।

Read More

हर्मुज विवाद चर्कियो: इरानको प्रतिकार चेतावनी

काठमाडौं: अमेरिकाले लगाउने भनिएको नाकाबन्दीलाई इरानले गैरकानुनी भन्दै कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानविरुद्ध नाकाबन्दी घोषणा गरेपछि तनाव बढेको हो। इजरायल र अमेरिकासँगको तनावबीच इरानले आवश्यक परे खाडी क्षेत्रका बन्दरगाहमा आक्रमण गर्ने चेतावनीसमेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

Read More