Home > अन्तराष्ट्रिय समाचार (Page 33)

कोरोना भाइरसविरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा विश्वका एक सय ५६ देशको सहभागिता

एजेन्सी ७ असोज विश्वका एक सय ५६ देशले कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा सहभागिता जनाएका छन् । कोभ्याक्स नाम दिइएको कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा अमेरिका र चीनबाहेक विश्वभरिका दुई तिहाई जनसंख्या प्रतिनिधित्व गर्ने १ सय ५६ देशले सहभागिता जनाएको विश्व

Read More

भारतको महाराष्ट्र राज्यको भिवण्डीमा तीनतले भवन भत्किँदा १० जनाको मृत्यु

एजेन्सी ६ असोज भारतको महाराष्ट्र राज्यको भिवण्डीमा तीनतले भवन भत्किँदा १० जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । २० जनाको जीवितै उद्धार गरिएको छ । भत्केको भवनभित्र अझै २० देखि २५ जना फसेको हुनसक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहान भत्किएको भवनभित्र फसेकाहरुको खोजी र उद्धारको काम

Read More

भियतनाममा आएको शक्तिशाली आँधीमा परी तीन जनाको मृत्यु, ११२ जना नागरिक घाइते

एजेन्सी ५ असोज भियतनाममा केही दिनयतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ । नोउल नामको सो आँधीका कारण भौतिक संरचनाहर पनि भत्किएका छन् ।यस आँधीमा परेर ११२ जना नागरिक

Read More

राष्ट्रपतिको राजीनामा माग गर्दै बेलारुसमा मुलुकका विभिन्न सहरमा बृहत प्रदर्शन

एजेन्सी ४ असोज बेलारुसमा लगातार ६ सातादेखि राष्ट्रपतिको राजीनामा माग गर्दै मुलुकका विभिन्न सहरमा बृहत प्रदर्शनहरु भएपछि राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोले सेनालाई उच्च सतर्कताको अवस्थामा रहन निर्देशन दिनुभएको छ । उहाँले पोल्यान्ड र लुथियानासँगको पश्चिमी सीमानाका पनि बन्द गर्न निर्देशन दिनुभएको छ । पश्चिमी मुलुकहरुको सक्रियतामा देशभर विरोध प्रदर्शनहरु भइरहेको आरोप लगाउँदै आएका

Read More

फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई संक्रमणबाट बचाउन आवश्यक पीपीईको व्यवस्था गर्न डब्ल्यूएचओको आग्रह

एजेन्सी ३ असोज विश्वभर कोरोना भाइरसबाट संक्रमित भएका मानिसहरुमा औसतमा सात जनामध्ये एकजना स्वास्थ्यकर्मी रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । डब्ल्यूएचओले हिजो दिएको जानकारी अनुसार केही मुलुकमा भने कोरोनाबाट संक्रमित हुने स्वास्थ्यकर्मीको हिस्सा तीन जनामा एक छ । डब्ल्यूएचओले सबै मुलुकहरुलाई फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई संक्रमणबाट बचाउन आवश्यक पीपीईको

Read More

सामुन्द्रिक आँधीका कारण अमेरिकाका ५ लाख बढी घर तथा व्यापारिक केन्द्रमा क्षती

एजेन्सी २ असोज अमेरिकाको अल्बामा तथा फ्लोरिडा राज्यमा सामुन्द्रिक आँधीका कारण ५ लाख बढी घर तथा व्यापारिक केन्द्रमा क्षती पुगेको छ । आँधीका कारण रुखहरु बाटोमा ढल्नुका साथै बिद्युत आपुर्तीसमेत ठप्प भएको रोयटर्सले जनाएको छ । १ सय १३ किलोमिटर प्रति घण्टाको वेगमा रहेको आंधी र वर्षाले अल्बामा क्षेत्रमा पहिरो समेत

Read More

जापानको सत्तारुढ दलका नेता योसिहिडे सुगा प्रधानमन्त्री निर्वाचित

एजेन्सी १ असोज जापानको सत्तारुढ दलका नेता योसिहिडे सुगा प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । गत महिना स्वास्थ्यको कारण देखाउँदै सिन्जो आवेले पदबाट राजिनामा दिएपछि संसदले नयाँ प्रधानमन्त्रीको रुपमा सुगालाई निर्वाचित गरेको हो । गत हप्ता आफ्ना दुई प्रतिष्पर्धिलाई पछि पार्दै पार्टीको तर्फबाट उम्मेद्वार बनेसँगै सुगा प्रधानमन्त्री निर्वाचित हुनुभएको जापानका सञ्चारमाध्यमहरुले जनाएका छन्

Read More

भारतको केन्द्र सरकारले प्याज निर्यातमा पूर्ण प्रतिबन्ध लगायो 

एजेन्सी ३१ भाद्र मूल्यमा अधिक बढोत्तरी भइरहेको उल्लेख गर्दै भारतको केन्द्र सरकारले प्याज निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ । त्यहाँको डाइरेक्ट जनरल अफ फरेन ट्रेड (डिजीएफटी)ले एक सूचना जारी गर्दै सबै खालका प्याजहरुको निर्यातमा पूर्ण रुपमा रोक लगाइएको जनाएको हो । एक अधिकारीलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाएअनुसार भारतमा प्याजको मूल्य बढिरहेको

Read More

इजरायल र बहराइनबीच वर्षाैँपछि शान्ति सम्झौता

एजेन्सी २८ भाद्र इजरायल र बहराइनबीच वर्षाैँपछि शान्ति सम्झौता भएको छ । यी दुई देशले एक आपसको सम्बन्ध सुधारका लागि ऐतिहासिक सहमतिस्वरुप शान्ति सम्झौता गरेका हुन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दुई देशबीच भएको सम्झौताले इजरायलको खाडी मुलुकसँगको सम्बन्ध अझ प्रगाढ बन्ने बिश्वास व्यक्त गर्नुभएको छ । उहाँले दुई देशबीच शान्तिको युग

Read More

सीमा विवाद हल गर्न भारत र चीनबीच ५ बुदे सम्झौता

एजेन्सी २७ भाद्र गत जुन महिनामा सीमाक्षेत्रमा भएको झडपपछि भारत र चीनबीच पहिलोपटक सम्झौता भएको छ । रुसको राजधानी सहर मस्कोमा भएको चीन र भारतका विदेशमन्त्रीको भेटमा उक्त सम्झौता भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी सुभ्रमण्यम जयशंकरबीच भएको भेटपछि सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा सीमा विवादले दुवै मुलुकलाई फाइदा

Read More