Home > खेलकुद समाचार (Page 30)

बी डिभिजनमा घटुवा भएका फुटबल क्लबहरुको अस्तित्व नै संकटमा

काठमाण्डौ १६ भाद्र विश्व फुटबलमा शीर्ष डिभिजनको लिग राष्ट्रिय टोलीको मेरुदण्डको रुपमा हेरिन्छ । नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको अभ्यास छ । पछिल्लो पटक १४ क्लबले लिगमा सहभागिता जनाउँदा एउटा क्लब ‘बी’ डिभिजनमा घटुवा भयो । घटुवा भएका क्लब शीर्षमा फर्किएको विरलै उदाहरण छन् ।  लिगको पुछारमा रहेपछि सरस्वती युथ

Read More

नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । भदौ दोस्रो साताका लािग तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको क्यानले मंगलबार विज्ञप्ती जारी गर्दै भदौ दोस्रो साताका लागि तोकेको साधारण सभा कोरोनालाई कारण देखाउँदै स्थगित भएको जानकारी गराएको हो । क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत साधारणसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित

Read More

लकडाउन खुकुलो भएपछि अभ्यासमा फर्किएका खेलाडीलाई फिटनेसले पिरलो

काठमाण्डौ ३ भाद्र लकडाउन खुकुलो भएपछि खुसी भएका खेलाडीलाई फेरी चिन्ता परेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनिश्चितकालका लागि पुनः खेलकुद गतिविधि बन्द गर्दा अभ्यासमा फर्किएका खेलाडीलाई फिटनेसले पिरोलेको हो । घरेलु अभ्यासमा सिमित भएका खेलाडी बीचको समयमा अभ्यासमा फर्किदा पुरानो लय गुमेको थियो । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय

Read More

इनरुवमा राष्ट्रिय स्तरका प्रतियोगिता धमाधम हुँदै

पछिल्लो केहि समययता सुनसरीको इनरुवामा एकपछि अर्को राष्ट्रिय क्रिकेट प्रतियोगिता भैरहेका छन् । खेलकुदलाई प्राथमिकतामा राखेको इनरुवा नगरपालिकाले खेल क्षेत्रको विकासमा पुर्याउँदै आएको सहयोगकै कारण स्थानीय स्तरमा एक पछि अर्को राष्ट्रिय स्तरका प्रतियोगिता धमाधम भैरहेका छन् । रात्रिकालीन क्रिकेट मात्रै नभएर रात्रिकालीन फुटबल समेत गराइसकेको इनरुवाले क्रिकेटको फर्मेटमा टी २० र

Read More

मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा

मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको साँघुरो जितमा विशाल राईले निर्णायक गोल गरे । खेलको ३१ औं मिनेटमा विशालले गोल गर्दै मछिन्द्रलाई

Read More

गोधुली फुटबल रनिङ कपमा वडा नं. ६ र वडा नं. १८ विजयी

धरानमा जारी २० औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा वडा नं. ६ र वडा नं. १८ विजयी भएका छन् । विजयी दुवै टोली प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेका छन् । आज धरान रंगशालामा भएको पहिलो खेलमा वडा नं. ६ ले वडा नं. ७ लाई ७–० को फराकिलो गोल अन्तरले पराजित गरेको

Read More

कर्णाली प्रदेश एमएम कप क्रिकेट प्रतियोगिताबाट बाहिरियो

कर्णाली प्रदेश सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । लगातार दुई खेलमा पराजित कर्णाली प्रदेश आजको खेलमा प्रदेश २ सँगको पराजय भएसँगै घर फर्किएको हो । इनरुवा खेल मैदानमा आज सम्पन्न समूह बि अन्र्तगतको दोस्रो खेलमा प्रदेश २ ले कर्णालीमाथि ८ विकेटको सहज जित निकालेको

Read More

संकटा क्लबको दोस्रो जित, एपीएफ पराजित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले दोस्रो जित निकालेको छ । आज भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले लिगमा दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन अजयी मार्टिनले दुई गोल गरे । यस्तै लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक

Read More

कटहरी गाउँपालिकामा आजबाट वडाकप नकआउट क्रिकेट प्रतियोगिता सुरु

कटहरी गाउँपालिकामा आजबाट वडाकप नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । कटहरी–४ को वडा कार्यालयसहित मिसन युवा क्लब, खयरबना युवा क्लब र जनज्योती आनन्द युवाक्लबको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो । कटहरी ४ को खेल मैदानमा सुरु भएको प्रतियोगिताको गाउँपालिकाका प्रमुख रामकुमार कामतले उद्घाटन गर्नुभयो । प्रतियोगितामा कटहरी गाउँपालिका ५

Read More

इनरुवामा जारी क्रिकेट प्रतियोगितामा एपीएफविरुद्ध नेपाल आर्मीले फराकिलो जित

सुनसरीको इनरुवामाजारी मनमोहन मेमोरियल कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफविरुद्ध नेपाल आर्मीले फराकिलो जित निकालेको छ । समूह ए अन्र्तगतको पहिलो खेलमा आर्मीले अर्को विभागीय टिम एपीएफविरुद्ध १ सय ८ रनको भारी जित दर्ता गरेको हो । २ सय ८२ रनको लक्ष्यपछ्याएको एपीएफ ३९ दशमलव ३ ओभरमा अलआउट हुँदै १

Read More