Home > मुख्य समाचार (Page 193)

मकालु यातायातको अनलाईन टिकेटिङ

मकालु यातायातले अनलाइन टिकटिङ सेवा संचालनमा ल्याएको छ । मकालु यातायातले यात्रुहरुलाई अनलाइनबाटै टिकट लिने सेवा आजबाट सुरु गरेको हो । सेवाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मकालु यातायात प्रा. लिका अध्यक्ष तुलसीमान सिंहले यात्रुहरुलाई सहजहोस् भनेर अनलाईन सेवाबाट टिकट लिने व्यवस्था गरिएको जानकारी दिनुभयो । टिकट लिनका लागि

Read More

भद्रपुरमा पनि अर्धनग्न प्रदर्शन

सिंहदरबार अगाडि नाङ्गो विरोध प्रदर्शनपछि पक्राउ परेर रिहा भएका झापाका बिकेन लिम्बुले आज भद्रपुरमा अर्धनग्न विरोध प्रर्दशन गरेका छन् । भद्रपुर नगरपालिका कार्यालयले करको बजेटबाट तीज कार्यक्रम गर्न लागेको भन्दै भद्रपुर नगरपालिका ३ स्थित पृथ्वीनगर निवासी बिकेन लिम्बूसहित दुई दर्जन बढी युवाले अर्धनग्न विरोध प्रर्दशन गरेका हुन् । लिम्बु नेतृत्व

Read More

कर्मचारीले कम खर्चमा दोब्बर काम गर्नुपर्छ : केपी ओली

प्रधानमन्त्री केपी ओलीले खर्च कम र काम दोब्बर गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले काम नगर्ने तर अधिकार प्राप्तीको नाममा आन्दोलन गर्ने कर्मचारीहरुलाई कडा कार्वाही गर्ने चेतावनी पनि दिनुभयो । निजामती सेवा दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राष्ट्र निर्माण गर्ने संकल्प पूरा हुने

Read More

आन्दोलनमा जाने प्रदेश १ का ट्रेड युनियनहरुको चेतावनी

२१ भदौ ,सरकारले लागू गरेको सामाजिक सुरक्षाकोष तथा गत साउनमा जारी गरेको श्रम ऐन अनुसार मजदुरहरुले पारिश्रमिक नपाएको भन्दै प्रदेश १ का ट्रेड युनियनहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका छन । नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघ तथा समाजवादी ट्रेड युनियन महासंघले विहीबार संयुक्तरुपमा

Read More

तटबन्ध भत्काएपछि एक हजारभन्दा बढी घर जोखिममा

नारायणी नदीले पश्चिम चितवनको न्युरे चोकमा लगाइएको तटबन्ध भत्काएपछि एक हजारभन्दा बढी घर उच्च जोखिममा परेका छन् । भरतपुर महानगरपालिका–२७ र २८ को बीचमा सय मिटर तटबन्ध बगाएर नदीले छेउको जमीन कटान गरिरहेकाले त्यसबाट एक हजार २०० घर उच्च जोखिममा रहेको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो । नजिकैका

Read More

वेवारिसे अवस्थामा शव फेला

खोटाङमा एक व्यक्तिको शव वेवारिसे अवस्थामा फेला परेको छ । रावाबेसी गाउँपालिकास्थित रवुवाघाटमा सडेको अवस्थामा वेवारिसे शव फेला परेको हो । रवुवाघाटस्थित रावा खोलाको भंगालोमा बालुवामा टाउको गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए । उनले भने, “घटनाको प्रकृति हेर्दा खोलाले

Read More

विराटनगरको ऐतिहासिक श्रीकृष्ण रथयात्रामा मानव सागर

एशियामै ठूला मध्येको एक विराटनगरको श्री राधाकृष्ण रथ यात्रा आज सम्पन्न हुंदैछ । धार्मिक सहिष्णुताको पर्वको रुपमा स्थापित भइसकेको रथयात्राको यो ५१ औं संस्करण हो । विभिन्न धर्म र सम्प्रदायका मानिसहरुको उत्साहजनक सहभागिताले विराटनगरको श्रीराधाकृष्ण रथयात्रा धार्मिक सहिष्णुताको पर्वको रुपमा स्थापित भइसकेको पुष्टि गर्दछ । सोमबार दिउसो साढे ३ बजे

Read More

राँके बजारमा आगलागी, २ करोडको क्षति

१८ भदौ, इलाम र झापाको सिमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा झन्डै दुई करोड मूल्य बराबरको क्षति भएको छ । देउमाई नगरपालिका १ का स्थानीय ठालुराम श्रेष्ठको घरमा भएको आगलागीमा तीनवटा पसलसहित घर जल्दा सो मूल्य बराबरको क्षति भएको हो । बेलुका साढे आठ वजे सुरु भएको आगलागी पाँचथरको

Read More

संविधान दिवस : जनताको दिवस : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले संविधान दिवसलाई ‘जनताको दिवस’ बनाउनुपर्ने बताउनु भएको छ । संविधान दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधान दिवसलाई ‘जनताको दिवस’ को रुपमा मनाउनुपर्ने आवश्यक्ता औंल्याउनुभएको हो । आज सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित संविधान दिवस मूल समारोह समितिको बैठकलाई

Read More

सडकमा चिकित्सक,विरामी उपचारबाट बन्चित

नयाँ मुलुकी ऐनको विरोधमा चिकित्सकहरुले आज काठमाडांैमा ¥यालीसहित प्रर्दशन गरेका छन । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्दै नयाँ मुलुकी ऐनको विरोधमा काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ¥यालीसहित प्रर्दशन गरेका हुन । चिकित्सकलाई अपराधि करार गर्ने खालको कानुनी व्यवस्था नयाँ मुलुकी ऐनमा गरेपछि त्यसको

Read More