Home > मुख्य समाचार (Page 29)

डा. केसीले तोडे अनशन, सफाइ कर्मचारीले पिलाए जुस

काठमाण्डौ २५ असोज २८ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले आफ्नो सत्याग्रह तोड्नु भएको छ । शनिबार राती सरकारसँग ८ बुँदे सहमति गरेपछि उहाँले २८ दिन लामो आफ्नो अनशन तोड्नु भएको हो । शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिउँदै उहाँले अनशन तोड्नु भएको हो । अनशन तोडेलगत्तै उहाँलाई

Read More

नेपालमा एकैदिन पाँचहजार बढी कोरोना संक्रमित थपिए

काठमाण्डौ २५ असोज नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ जना कोभिड १९ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८ जना मानिसमा कोभिड १९ संक्रमण पुष्टि भएको बताउनुभयो । त्यस

Read More

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वान नेपालद्धारा विराटनगरमा ३० बेडको आइसोलेसन केन्द्र सञ्चालन

विराटनगर २५ असोज कोभिडका विरामीलाई उपचारमा सहजताका निम्ति लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वान नेपालले प्रदेश एकको राजधानी विराटनगरमा ३० बेडको कोभिड–१९ लायन्स आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । आइसोलेसनमा आउने बिरामीलाई लाग्ने सय दिनसम्मको सम्पूर्ण खर्च बेहोर्ने गरी लायन्सले आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो । पछिल्लो समय कोरोना महामारीको संक्रमणले

Read More

बाढीले मेची नदीको धार परिवर्तन गर्दा सीमा क्षेत्रका बासिन्दा उच्च जोखिममा

भद्रपुर २५ असोज बाढीले मेची नदीको धार परिवर्तन गर्दा सीमा क्षेत्रका बासिन्दा उच्च जोखिममा परेका छन् । अविरल वर्षासँगै मेची नदीमा आएको बाढीले नेपाली भूमि कटान गर्दै बस्ती छेउबाटै पानी बग्न थालेपछि त्यहाँका बासिन्दा उच्च जोखिममा परेका हुन ।  कचनकवल गाउँपालिका ५ पाठामारीस्थित मेची नदीमा आएको बाढीले नेपाली भूमि कटान गर्दै

Read More

जबरजस्ती करणीको उजुरी दर्ता गराउन गएका पीडित पक्ष सुनसरी प्रहरीको नियन्त्रणम

विराटनगर २५ असोज मध्यरातमा जवरजस्ती करणी गरेको भन्दै उजुरी दिने पीडितका आफन्तलाई सुनसरी प्रहरीले उल्टै नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । जर्बजस्ती करणीको उजुरी दिन जाँदा पीडितको उजुरी नलिएको प्रहरीले सुरुमा पीडकबिरुद्ध अभद्र ब्यवहारको मुद्दा चलाएको थियो । लगत्तै पीडक पक्षको उजुरीको आधारमा पीडितका आफन्तलाई पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलाएको

Read More

नियमावली नबनाई जग्गाको कित्ताकाट फुकुवा गरिएकोमा संसदीय समिति असन्तुष्टि

काठमाण्डौ २४ असोज भू—उपयोग ऐन बनेको लामो समयसम्म पनि नियमावली नबनाई जग्गाको कित्ताकाट फुकुवा गरिएपछि संसदीय समितिले प्रश्न उठाएको छ । ऐन बनेको दुई वर्षवितिसक्दा समेत नियमावली नबनाई कित्ताकाट फुकुवा गर्ने निर्णय संविधान र ऐन विपरित भएको भन्दै संसदीय समितिले प्रश्न उठाएको हो । नियमावली नबनाई प्रशासनिक आदेशको भरमा निर्देशिका चलाउने

Read More

आइसोलेसन सेन्टरहरुमा आइसियुु तथा अक्सिजन प्लान्टसहितको सेवा सञ्चालन गर्ने प्रदेश–१ सरकारको तयारी

बिराटनगर २४ असोज प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आइसोलेसन सेन्टरहरुमा आइसियुु तथा अक्सिजन प्लान्टसहितको सेवा सञ्चालन गर्ने तयारीमा प्रदेश सरकार रहेको बताउनुुभएको छ ।विराटनगर–१२ मा हिजोदेखि सञ्चालनमा आएको कोभिड–१९ आइसोलेसन केन्द्रको उद्घाटन गर्नुुहुुँदै उहाँले दिन प्रतिदिन बढिरहेको कोभिड संक्रमतिहरुको उपचारका लागि कोभिड अस्पतालहरुले मात्र धान्न नसक्ने भन्दै त्यसका लागि आइसोलेसन केन्द्रहरु

Read More

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाण्डौ २४ असोज नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १ लाख नाघेको छ । हिजो थप २ हजार ५९ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । हिजो १३ हजार २ सय ७९ पीसीआर परीक्षण भएकोमा महिला ७ सय ३२ र पुरुष १ हजार ३

Read More

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई

एजेन्सी २४ असोज यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई दिइने भएको छ ।  हिजो ओस्लोमा आयोजित एक कार्यक्रमबीच स्विडिस एकेडेमीले सन् २०२० का लागि नोबेल शान्ति पुरस्कार डब्लूएफपीलाई दिने घोषणा गरेको हो । संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमलाई भोकलाई परास्त गर्न गरेको प्रयास र द्वन्द्वग्रस्त क्षेत्रमा

Read More

सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई नेपाल आउन दिने भने पनि पर्यटकहरु सोधपुछमा मात्रै सीमित

काठमाण्डौ २४ असोज सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई आउन दिने भने पनि हालसम्म कोहीपनि पर्यटक नेपाल घुम्न आएका छैनन् । कात्तिक १ गतेदेखि अन–अराइभल भिसा खुल्ला गर्ने निर्णय सरकारले गरेको छ । तर सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थाका कारण विदेशी पर्यटकहरुले सोधपुछ गरेपनि बुकिङ नगरेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

Read More