Home > मुख्य समाचार (Page 30)

सभामुख अर्यालको शपथ आज

काठमाडौं। डोलप्रसाद अर्याल ले आज दिउँसो २:३० बजे शपथ ग्रहण गर्ने भएका छन्। रामचन्द्र पौडेल ले शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ। निर्विरोध निर्वाचित भएका अर्यालले आजै पदभार सम्हाल्नेछन् र अब प्रतिनिधिसभा बैठक सञ्चालन गर्नेछन्।

Read More

डीपी अर्याल निर्विरोध सभामुख निर्वाचित

काठमाडौं। डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बैठकको अध्यक्षता गरिरहेका अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरे। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले प्रस्ताव गरेको उम्मेदवारीमा अन्य नेताहरूको समर्थन रहेपछि विपक्षीले प्रतिस्पर्धा नगर्दा उनी निर्विरोध बनेका हुन्। यससँगै संसद्को कामकारबाही थप गतिशील

Read More

४ दिनमा २२६ पक्राउ: प्रहरीको विशेष अभियान तीव्र

काठमाडौं। गैरकानुनी गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरीले चलाएको विशेष अभियानमा ४ दिनभित्र २२६ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार चैत १८–२१ सम्म देशभरबाट गुण्डागर्दी, बिचौलिया गतिविधि र अभद्र व्यवहारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। केन्द्रीय प्रवक्ता अविनारायण काफ्ले ले सबैमाथि कानुनी प्रक्रिया अघि बढाइएको र शान्ति सुरक्षाका लागि अभियान जारी रहने बताए।

Read More

गण्डकीका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका सांसदहरूसँग क्षेत्रीय समस्या र समाधानबारे छलफल गरेका छन्। छलफलमा भौतिक पूर्वाधार, स्वास्थ्य, कृषि र पर्यटनका मुद्दा उठाइएका थिए। सांसदहरूले सिद्धार्थ हाइवे स्तरोन्नति र कृषिमा उत्पादनआधारित अनुदान व्यवस्था गर्न आग्रह गरेका छन्। प्रधानमन्त्रीले यसअघि अन्य प्रदेशका सांसदहरूसँग पनि यस्तै छलफल गरिसकेका छन्।

Read More

सभामुख अर्यालको सपथ आइतबार

काठमाडौं — नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले आइतबार दिउँसो ३ बजे सपथ लिने भएका छन्। शीतल निवासमा हुने समारोहमा उच्च पदस्थ अधिकारी र राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन्। अर्याल यसअघि एक्लो उम्मेदवारी परेपछि निर्विरोध सभामुख चयन भएका थिए।

Read More

सभामुखमा डीपी अर्याल निर्विरोध चयन

काठमाडौं — प्रतिनिधिसभाको नयाँ सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध चयन भएका छन्। तोकिएको समयभित्र उनको मात्रै उम्मेदवारी परेपछि उनी स्वतः निर्वाचित भएका हुन्। रास्वपाको बहुमतका कारण अन्य दलले उम्मेदवारी नदिएको जनाइएको छ। अब आइतबार बस्ने संसद् बैठकले औपचारिक घोषणा गर्नेछ।

Read More

ओली–लेखक पक्राउबारे लामिछानेको प्रतिक्रिया

काठमाडौं — रास्वपा सभापति रवि लामिछानेले ओली र लेखकको पक्राउबारे प्रतिक्रिया दिँदै पीडित परिवारलाई न्याय दिनु प्राथमिकता भएको बताएका छन्। केपी शर्मा ओली र रमेश लेखकलाई प्रतिशोधका आधारमा पक्राउ गरिएको हो भन्ने प्रश्नमा उनले त्यसको मूल्याङ्कन आम नागरिकले गरिरहेको बताए।

Read More

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

काठमाडौं — प्रतिनिधिसभाको सभामुख पदका लागि रास्वपाका डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन्। रास्वपाको दुई तिहाइ नजिक बहुमत रहेकाले उनी निर्विरोध निर्वाचित हुने सम्भावना उच्च रहेको छ। उम्मेदवारको अन्तिम सूची आज साढे २ बजे प्रकाशन गरिनेछ। निर्वाचन प्रक्रिया आइतबारको प्रतिनिधिसभा बैठकमा प्रस्ताव र समर्थनपछि निर्णयार्थ प्रस्तुत गरिनेछ।

Read More

प्रतिनिधिसभा सभामुख चयन प्रक्रिया आजदेखि सुरु

काठमाडौँ — प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया आजदेखि सुरु हुँदैछ। उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ भने अन्तिम नामावली दिउँसो २:३० बजे प्रकाशन गरिनेछ। निर्वाचन प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार चैत २२ गते आइतबार हुने तय भएको छ। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डोलप्रसाद अर्याललाई उम्मेदवार बनाएको छ। १८४

Read More

रवि लामिछानेले दलित समुदायसँग सरकारको तर्फबाट माफी मागे

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभामा बोल्दै दलित समुदायमाथि ऐतिहासिक विभेद र अन्यायका लागि सरकारको तर्फबाट माफी मागेका छन्। उनले भने, “यो सरकार शताब्दियौँदेखिको अन्यायको पहिलो पटक सार्वजनिक माफी माग्दै छ। म सिंगो पार्टी, प्रधानमन्त्री र सरकारको तर्फबाट माफी माग्छु।” सम्बोधनमा उनले महिलाहरूको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता

Read More