Home > मुख्य समाचार (Page 59)

राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल निर्धारण

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको छ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ७ प्रदेशका ७ ठाउँमा मतदानस्थल तोकिएको छ । प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन, प्रदेश ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवनमा मतदानस्थल तोकिएको छ

Read More

सरकारले उखुको खरिद मूल्य तोक्यो

सरकारले उखुको खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को गएको सोमबार बसेको बैठकले चालू आर्थिक वर्षका लागि उखुको खरिद मूल्य तोकेको हो । बैठकले उखुको न्यूनतम् लागत, ढुवानी, मुनाफा र अनुदानसमेत गरी चालू आर्थिक वर्ष २०७६÷७७ को खरिद मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गर्न स्वीकृति प्रदान गरेको सन्चार

Read More

सिद्धबाबा प्रकरण : अडियो रेकर्ड बाबाकै भएको पुष्टि

‘सिद्धबाबा’ भनिने विवादास्पद धार्मिक गुरु कृष्णबहादुर गिरीले आफ्नो नभएको भनेर दाबी गरेको अडियो रेकर्ड उहाँकै भएको पुष्टि भएको छ । काठमाडौं बसोबास गर्दै आएकी महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका सिद्धबाबाले पीडित महिलालाई टेलिफोन गरी मुद्दा फिर्ता लिन दबाब दिएका थिए । रुँदै मुद्दा फिर्ता लिन दबाब दिएको टेलिफोन सम्बाद पीडित

Read More

गोकर्ण रिसोर्टको लिज अवधि थप्ने निर्णय कानून अनुसार नै भएको स्पष्टोक्ति

सरकारले गोकर्ण रिसोर्टको लिज अवधि थप्ने निर्णय कानून अनुसार नै भएको स्पष्ट पारेको छ । नेपाल ट्रष्टको नाममा रहेको गोकर्ण रिसोर्टको जग्गा लिज समय नसकिदै लिजको समय थपिएको भन्दै त्यसबारे सदनलाई जानकारी गराउन माग गरेपछि सरकारको तर्फबाट ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आजको राष्ट्रियसभाको बैठकलाई लिजबारे स्पष्ट

Read More

खण्डग्रास सूर्यग्रहण लाग्यो

आज खण्डग्रास सूर्यग्रहण लागेको छ । ग्रहण विभिन्न देशमा फरकफरक समयमा ग्रहण देखिएको छ । नेपालमा बिहान ८ बजेर ४२ मिनेटदेखि सुरु भएको ग्रहण ११ बजेर ३१ मिनेटमा मोक्ष भएको छ । सूर्यग्रहण २ घण्टा ४९ मिनेट लागेको छ । पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु हुने ग्रहण दक्षिण दिशाबाट मध्य

Read More

इसाई धर्मावलम्बीहरुले आज विश्वभर हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाउँदै

इसाई धर्मावलम्बीहरुले आज विश्वभर हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाउँदै छन् । नेपालमा पनि काठमाडौं लगायत देशका विभिन्न स्थानका गिर्जाघर तथा पर्यटकीय बजारहरुमा हिजो साँझदेखिनै क्रिसमसको रमझम मनाउन शुरु भएको थियो । २००० वर्ष भन्दा पहिले इजरायलको बेथलियमको एउटा गोठमा येशु क्रिष्टको जन्म भएको खुशियालीमा हरेक वर्ष डिसेम्बर २५ मा इसाई धर्मावलम्बीहरुले क्रिसमस

Read More

राष्ट्रियसभा निर्वाचनका लागि दियो आयोगले चुनाव चिह्न

राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि ११ दललाई चुनाव चिह्न दिएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, समाजवादी पार्टीलाई पाँच औंलासहितको हत्केला, राष्ट्रिय जनता पार्टीलाई ढल्केको छाता, राष्ट्रिय

Read More

सामाजवादीले लियो सरकारबाट समर्थन फिर्ता

सरकारबाट बाहिरिएसँगै समाजवादी पार्टी नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको दलको केन्द्रीय कार्यकारिणी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । समाजवादी पार्टी नेपालका महासचिव एवं संगठन विभाग प्रमुख गंगा श्रेष्ठले कार्यकारीणी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

Read More

नेकपाको स्थायी कमिटी बैठकमा सभामुख चयन प्रकृया चाँडो टुंग्याउन माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सभामुख चयन प्रकृया चाँडो टुंग्याउन माग गरिएको छ । २९ गतेबाट जारी रहेको बैठकमा आज सदस्यहरुले सभामुख चयन प्रकृया धेरै लम्ब्याउन नहुने धारणा राखेको नेता भीम रावलले बताउनुभयो । ४ गते संसद आह्वान भएको अवस्थामा छिटो निर्णय गरेर जानुपर्ने धारणा बैठकमा व्यक्त भएको

Read More

विभिन्न मुलुकहरुसँग भएका श्रम सम्झौताहरु सरकारले कार्यान्वयनमा ल्याउन नसकेको नेतृ संग्रौलाको आरोप

नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले विभिन्न मुलुकहरुसँग भएका श्रम सम्झौताहरु सरकारले कार्यान्वयनमा ल्याउन नसकेको बताउनुभएको छ । श्रममन्त्री रामेश्वर राय यादवलाई ध्यानाकर्षणपत्र बुझाएपछि कांग्रेस संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै संग्रौलाले सामाजिक सुरक्षा कोषको दुरुपयोग भएको समेत बताउनुभएको छ । सामाजिक सुरक्षा कोष र शून्य लागतका सन्दर्भमा सरकारले गरेका कामहरु

Read More