Home > मुख्य समाचार (Page 7)

प्रधानमन्त्री संसद् आउने दाबी गर्दै रविले भने– समय आएपछि थाहा हुन्छ

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने बताएका छन्। संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री नआउने भन्ने अवस्था नरहेको बताए। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर दबाब परेको भन्ने प्रश्नमा उनले सरकार आफ्नो काममा केन्द्रित रहेको प्रतिक्रिया दिए।

Read More

विपक्षी विरोधबीच वैकल्पिक विकास वित्त विधेयक बहुमतले पारित

प्रतिनिधिसभाले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित गरेको छ । विपक्षी दलको विरोध र नाराबाजीबीच सभामुखले विधेयक पारित भएको घोषणा गरेका हुन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

Read More

विपक्षीको नाराबाजीबीच निर्वाचनसम्बन्धी विधेयक बहुमतले स्वीकृत

विपक्षी दलको नाराबाजीबीच प्रतिनिधिसभाले निर्वाचन पहिलो संशोधन विधेयक २०८३ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । सभामुखले विपक्षीको विरोध र नाराबाजीका बीच निर्णय घोषणा गरेका हुन् । त्यस्तै, मतदाता नामावलीसम्बन्धी विधेयक पनि बहुमतले स्वीकृत भएको छ । विपक्षीले प्रधानमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने माग राख्दै बैठक अवरुद्ध

Read More

आज बस्दै प्रतिनिधिसभा बैठक, विभिन्न विधेयकमाथि छलफल हुने

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा निर्वाचन, मतदाता नामावली र राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ । साथै वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ ।

Read More

वैदेशिक रोजगारी ठगीमा सरकार कडा, ‘जिरो टोलेरेन्स’ नीति लागू

श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र अनियमितताविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाएको बताएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले ४० हजारभन्दा बढी उजुरी फर्छ्योट गर्ने तयारी भइरहेको र आगामी साउनदेखि वैदेशिक रोजगारसम्बन्धी सबै सेवा प्रविधिमार्फत सञ्चालन गरिने जानकारी दिए।

Read More

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री तिमल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण गर्ने कुनै मनसाय नरहेको बताएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले प्रेसले आफ्नो गरिमा र सीमा कायम राखे सरकारले हस्तक्षेप गर्न नसक्ने बताए। उनले संविधानले दिएको प्रेस स्वतन्त्रताको अधिकार सुरक्षित रहेको उल्लेख गर्दै जिम्मेवार पत्रकारितामा जोड दिएका छन्।

Read More

प्रधानमन्त्री बालेनको तर्फबाट दुई निर्वाचनसम्बन्धी विधेयक संसद्मा दर्ता

प्रधानमन्त्री बालेन शाहको तर्फबाट प्रतिनिधिसभामा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ दर्ता भएको छ। यसैगरी मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ दर्ता गरिएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सोबिता गौतमले सो विधेयक पेस गरिन् ।

Read More

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय सार्वजनिक

काठमाडौं । मन्त्रिपरिषद् बैठकले स्विट्जरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। साथै नदीकिनारका विस्थापित परिवारलाई पुनर्स्थापना खर्च र मासिक राहत उपलब्ध गराउने निर्णय पनि गरिएको छ। बैठकले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति दिएको छ भने सैनिक सेवा र प्रत्यायान सम्बन्धी नियमावली पनि

Read More

विस्थापित सुकुम्वासीलाई मासिक १५ हजार दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले विस्थापित सुकुम्वासी परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यसअघि काठमाडौं उपत्यकाका नदीकिनारका सुकुम्वासी बस्ती हटाइएको थियो।

Read More

डा. मनोज शर्मा आजै प्रधानन्यायाधीश बन्दै

काठमाडौं । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि डा. मनोजकुमार शर्माको आजै प्रधानन्यायाधीशमा नियुक्ति, शपथ र पदबहाली हुने भएको छ। राष्ट्रपति कार्यालयमा साँझ शपथ कार्यक्रम तय गरिएको छ। शपथपछि शर्माले सर्वोच्च अदालतको ३३ औँ प्रधानन्यायाधीशका रूपमा कार्यभार सम्हाल्नेछन्।

Read More