Home > राष्ट्रिय समाचार (Page 52)

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्यु

काठमाण्डौ २० भाद्र नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ जना महिला ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको हो । काठमाडौंमा मात्रै तीन जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । काठमाडौंमा ४१, ५९ र ६५

Read More

जिल्ला प्रहरी कार्यालय भोजपुरलाई मास्क र सेनिटाइजर बितरण्

भोजपुर २० भाद्र जिल्ला प्रहरी कार्यालय भोजपुरलाई मास्क र सेनिटाइजर बितरण गरिएको छ । नेपाल निजामति कर्मचारी युनियन संघ जिल्ला कार्य समिति भोजपुरले आफ्नो स्थापना दिवसको अवसरमा हिजो जिल्ला प्रहरी कार्यालय भोजपुरलाई १ हजार २ सय थान मास्क र १० लिटर सेनीटाइजर प्रदान गरेको संघका अध्यक्ष सिताराम ओझाले जानकारी दिनुभयो ।

Read More

प्रदेश २ सरकारले आयुर्वेदलाई उपेक्षा गरेको  वनस्पति विज्ञ तथा आयुर्वेदिक चिकित्सकको आरोप

जनकपुर २० भाद्र वनस्पति विज्ञ तथा आयुर्वेदिक चिकित्सकले रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाउन नेपालमै पाइने जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिई रहेको बेला प्रदेश २ सरकारले भने अहिलेपनि आयुर्वेदलाई उपेक्षा गरिरहेको देखिएको छ । कोरोना संक्रमण फैलिन थालेपछि विभिन्न अस्पतालहरुलाई औषधि लगायत आवश्यक पुर्वाधार विकासको लागि प्रदेश सरकार र संघीय सरकारले रकम

Read More

विराटनगर प्राइम राउण्डटेवल १० ले विराटनगर स्थित कोभिड अस्पताल र कंकालिनी गणको आइसोलेसनलाई पीपीइ लगायतका सामाग्रीहरू हस्तान्तरण

बिराटनगर २० भाद्र विराटनगर प्राइम राउण्डटेवल १० ले विराटनगर स्थित कोभिड अस्पताल र बुढीगंगा स्थित कंकालिनी गणको आइसोलेसनलाई पीपीइ,डसना, इलेक्ट्रिक जग लगायतका सामाग्रीहरू हस्तान्तरण गरेको छ । आज जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित एक कार्यक्रममा विराटनगर प्राइम राउण्ड टेवल १० ले मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलामार्फत कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट

Read More

पीपल चौक युवा समूह विराटनगर–७ ले निःशुल्क मास्क वितरण

विराटनगर २० भाद्र पीपल चौक युवा समूह विराटनगर–७ ले निःशुल्क मास्क वितरण गर्दे आएको छ । पीपल चौकमा गएको भदौ ९ गतेदेखि पीपल चौक युवा समूहले निःशुल्क मास्क वितरण गर्दे आएको छ । युवा समूहले हुनेले दिएर जानुस, नहुनेले लिएर जानुस भन्दै मास्क बैंकको स्थापना गरेको समूहका संयोजक सरोज पौडेलले बताउनुभयो ।

Read More

अबैध २ थान सालको गोलिया सहित चार मोटरसाइकल बरामद

कपिलबस्तु २० भाद्र कपिलवस्तुमा प्रहरीले अबैध २ थान सालको गोलिया सहित चार मोटरसाइकल बरामद गरेको छ । सब डिभिजन वन कार्यालय पटना , सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश पटना र मायादेवी साझेदारी वन हेरालुको संयुक्त टोलीले बुधबार राति गस्ती गर्ने क्रममा सो काठ र मोटरसाइकल बरामद गरेको सहायक वन अधिकृत मदन

Read More

मोरङको लेटाङ जाँतेका किसानहरु तरकारी खेती गरेर राम्रो आम्दानी लिँदै

मोरङ २० भाद्र मोरङको लेटाङ जाँतेका किसानहरुले तरकारी खेती गरेर राम्रो आम्दानी लिने गरेका छन् । तर भारतबाट आउने तरकारीका कारण भने आफुहरुले उचित मुल्य पाउन नसकेको उनीहरुको गुनासो छ । मोरङको लेटाङ–८ जाँतेका कृषक सरोज तिम्सिनाको परिवार नै तरकारी खेतीमा लाग्नु भएको छ । २ दश अघिदेखि तरकारी खेति गर्दै

Read More

ललितपुरको जावलाखेल स्थित केन्द्रीय चिडियाखाना आर्थिक अभावका कारण बन्द हुने अवस्थामा

ललितपुर २० भाद्र ललितपुरको जावलाखेल स्थित केन्द्रीय चिडियाखाना आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । सरकारले गत चैत ११ गते देखि लकडाउन गरेपछि चिडियाखानाको आम्दानी नहुँदा आर्थिक अभाव हुनगई चिडियाखाना नै बन्द हुने अवस्थामा पुगेको हो । सदर चिडियाखानाका आयोजना अधिकृत डा. चिरन्जीबी पोखरेलले आम्दानी बन्द हुँदा बन्यजन्तुको रेखदेख, खानपिन

Read More

स्वास्थ्य सुरक्षा तथा सर्तकता अपनाएर जनजीवन सहज बनाउँदै लैजानुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुको सुझाव

विराटनगर १९ भाद्र स्वास्थ्य सुरक्षा तथा सर्तकता अपनाएर अब जनजीवन सहज बनाउँदै लैजानुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।  प्रदेश–१ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको सुझाव संकलन कार्यक्रमका सहभागी सहभागी पत्रकार तथा संचारकर्मीहरुले प्रदेश सरकारलाई यस्तो सुझाव दिएका हुन् । मन्त्रालयले कोरोना कालको वर्तमान

Read More

अपराध नियन्त्रण र सीमा सुरक्षाका लागि इलामका २ स्थानमा सीमा सुरक्षा पोष्ट स्थापना

इलाम १९ भाद्र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण र सीमानाको सुरक्षाका लागि इलामका २ स्थानमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना गरिएको छ । इलामको नेपाल भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटरमा ७ वटा सीमा सुरक्षा पोष्ट स्थापना गर्ने नितिअनुसार सुरक्षा पोष्ट स्थापनापछि स्थानीयमा खुसियाली भएका छन् । सशस्त्र प्रहरीको सीमा

Read More