Home > राष्ट्रिय समाचार (Page 53)

नीति तथा कार्यक्रमको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्ले ले दिने भएका छन्। यसअघि यस्तो जवाफ प्रधानमन्त्रीले दिने परम्परा रहे पनि यसपटक प्रधानमन्त्री बालेन्द्र शाह को सट्टा अर्थमन्त्रीले प्रतिनिधिसभामा धारणा राख्ने तयारी गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

Read More

ट्राफिक प्रहरीद्वारा एक दिनमै २७ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौँ — काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा गरेको सवारी जाँचका क्रममा २,२१२ चालकलाई कारबाही गर्दै २७ लाख ५७ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। मापसे, रातोबत्ती उल्लंघन, तीव्र गति, लेन क्रस र एकतर्फी जस्ता नियम उल्लंघनका कारण कारबाही गरिएको हो। ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी नचलाउन

Read More

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २७ घाइते

अर्घाखाँची — पाणिनी गाउँपालिका–८ कुरुलेफाँटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ भने २७ जना घाइते भएका छन्। सुपा देउराली दर्शन गरेर फर्किँदै गरेको बस ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको प्रारम्भिक अनुमान छ। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। प्रहरीका अनुसार घटनाबारे

Read More

बादलको दाबी– मेरो कारणले एमाले झन् उठ्छ

काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादलले आफ्नो कारणले पार्टी कमजोर होइन, झन् बलियो हुने दाबी गरेका छन्। सदनमा अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै उनले राजनीतिक विषय उठाउनुलाई ‘छुच्चोपन’ भन्न नमिल्ने बताए। बादलले नीति तथा कार्यक्रमबारे संशोधन आवश्यक रहेको भन्दै सेनाको भूमिकालगायत विषयमा प्रश्न उठाउनु स्वाभाविक भएको टिप्पणी गरे।

Read More

नीति तथा कार्यक्रममा पुरानै भाषा दोहोरिँदा प्रहरीको आशा निराश

काठमाडौँ — सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुरक्षाकर्मीको अपेक्षा अनुसार ठोस नयाँ कार्यक्रम नआएको भन्दै प्रहरीभित्र निराशा देखिएको छ। नीति तथा कार्यक्रममा साइबर सुरक्षा र डिजिटल ठगी अनुसन्धानका लागि नयाँ इकाइ बनाइने उल्लेख भए पनि साइबर ब्युरो र आर्थिक अपराध महाशाखाजस्ता पहिले नै रहेका संरचनालाई सुदृढ गर्ने स्पष्ट योजना नआएको

Read More

प्रतिनिधिसभा सचिव हर्कराज राई पदमुक्त

काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन्। सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई पदबाट हटाएका हुन्। पदमुक्त गर्नुअघि सभामुखले राईसँग स्पष्टीकरण मागेका थिए। राई तत्कालीन सभामुख देवराज घिमिरेको कार्यकालमा नियुक्त भएका थिए।

Read More

न्यायाधीशमाथि सम्पत्ति छानबिनको अधिकारविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । बहालवाला न्यायाधीशलाई सम्पत्ति छानबिन आयोगको दायरामा राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता डा. प्रेमराज सिलवालले आयोगको कार्यादेश संविधानविपरीत रहेको दाबी गर्दै रिट दायर गरेका हुन्। उक्त रिटमाथि बुधबार सुनुवाइ हुने तय भएको छ। रिटमा न्यायाधीशमाथि महाभियोगपछि मात्र छानबिन हुन सक्ने संवैधानिक व्यवस्था उल्लंघन गरिएको जिकिर गरिएको

Read More

हारलाई संकल्पमा बदल्न एमाले महासचिव पोखरेलको आग्रह

काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनको हारलाई निराशामा होइन, नयाँ संकल्पमा बदल्नुपर्ने बताएका छन्। मदन–आश्रित स्मृति दिवसको तयारी बैठकमा उनले पार्टी कमिटी र जनसंगठनलाई सक्रिय भएर अघि बढ्न आग्रह गर्दै हारबाट सिकेर फेरि जित्ने लक्ष्य लिनुपर्ने बताए। पोखरेलले पार्टीभित्रका विषय बाहिर छलफल गर्दा समाधानभन्दा बढी निराशा बढ्ने टिप्पणी पनि

Read More

हर्क साम्पाङको आरोप– जनताले सरकारबाटै असुरक्षित महसुस गरिरहेका छन्

काठमाडौँ — श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको सुरक्षा गर्न नसकेको भन्दै जनताले सरकारबाटै असुरक्षित महसुस गरिरहेको बताएका छन्। प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‌मा सांसदहरूको प्रश्नको उत्तर नदिएको भन्दै आलोचना गरे। साम्पाङले सीमा सुरक्षा र जनताको जीउधनको रक्षा गर्न नसक्ने सरकारलाई सफल भन्न नसकिने टिप्पणी पनि

Read More