Home > राष्ट्रिय समाचार (Page 128)

भ्रष्टाचार अन्त्य र प्रभावकारी सेवा प्रवाहमा जोड: राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार अन्त्य र सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सरकारलाई आग्रह गरेका छन्। सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्दै उनले पारदर्शी र उत्तरदायी शासनप्रणालीप्रति नागरिकको अपेक्षा उच्च रहेको बताए। राष्ट्रपतिले विधिको शासन, दण्डहीनताको अन्त्य र प्रभावकारी कानुन कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

Read More

मनिष झाले ज्ञानेन्द्र शाहीको दाबी अस्वीकार गरे

काठमाडौं, २७ चैत – रास्वपा प्रवक्ता मनिष झाले, राप्रपा नेता ज्ञानेन्द्र शाहीले उपसभामुखको उम्मेदवारी बारे गरेका दाबीलाई अस्वीकार गरेका छन्। शाहीले आफूले रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरि राप्रपालाई उपसभामुखमा समर्थन दिने कुरा गरेका थिए। मनिषले प्रतिक्रिया दिँदै भने, “मलाई थाहा छैन उहाँले कुन आधारमा कुरा गर्नुभयो। ट्रम्पसँग कुरा गरेर हेलिकप्टर

Read More

म्यानपावरलाई वैदेशिक रोजगारीमा कामदार नपठाउन विभागको चेतावनी

काठमाडौं : वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीलाई व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा कामदार नपठाउन चेतावनी दिएको छ। विभागका अनुसार, कतिपय म्यानपावर व्यवसायीले कानुनविपरीत व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाएका छन्। विभागले सचेत गर्दै यस्तो कार्य गर्दा वैदेशिक रोजगार ऐनअनुसार कारबाही गरिने जानकारी दिएको छ। व्यक्तिगत श्रम स्वीकृतिका लागि व्यक्ति स्वयंले फेमिसबाट

Read More

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा शुक्रबार भेटवार्ता भएको छ। नवौँ हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन मौरिसस पुगेका खनाल र जयशंकरले नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए। जयशंकरले खनाललाई विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकोमा बधाई दिएका थिए।

Read More

खुस्बु ओलीको प्रश्न– रास्वपाले नयाँ सिन्डिकेट लागू गर्न खोजेको हो ?

काठमाडौं, २७ चैत – राप्रपाकी सांसद खुश्बु ओलीले उपसभामुखमा भएको सहमति सत्तारुढ दल रास्वपाले लत्त्याएको दाबी गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले रास्वपाले अविश्वास पैदा गरेको बताइन्। उनले नयाँको सिन्डिकेट लागु गर्न खोजिएको हो कि भनेर प्रश्न उठाइन्। उनले भनिन्, “हामीले हिजो दिएको उम्मेदवारी पदको लागि होइन, आचार र राजनीतिक

Read More

ज्ञानेन्द्र शाहीको टिप्पणी, नयाँ र पुराना दलको विचार एकै ठाउँमा छ

काठमाडौं, २७ चैत – राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नयाँ र पुराना दलको साइनबोर्ड मात्र फरक भएको र विचारको नाभी एकै ठाउँमा रहेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभामा बोल्दै उनले संसदमा कम सङ्ख्यामा भएपनि बलियो प्रतिपक्ष आफूहरू रहेको बताए। उनले उपसभामुखमा उम्मेदवारी दिन रास्वपा सभापति रवि लामिछानेबाट सहयोगको आश्वासन प्राप्त

Read More

उपसभामुख निर्वाचनमा एमालेको ‘नो भोट’ नीति

काठमाडौं, २७ चैत – प्रतिनिधि सभा उपसभामुख पदको निर्वाचनमा नेकपा एमालेले भाग नलिने निर्णय गरेको छ। रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीले उपसभामुख पाउने संभावना भने पक्का भइसकेको छ। राप्रपाले पनि उम्मेदवारी दिएको छ, जबकि एमालेले 'नो भोट' नीति अपनाउने घोषणा गरेको छ।

Read More

बिटुमिन अभावले नागढुंगा–मुग्लिङ सडकको निर्माण रोकियो

काठमाडौं, २७ चैत – नागढुंगा–मुग्लिङ सडकको निर्माण कार्य बिटुमिन अभावका कारण रोकिएको छ। निर्माण कम्पनीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले जानकारी दिएका छन् कि मध्य पूर्वमा बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको आपूर्ति कम भएको छ, जसले सडक निर्माण प्रभावित भएको हो। नागढुंगा–नौबिसे खण्डको १२.२ किलोमिटर सडकमा ६ किलोमिटर फाइनल कालोपत्रे सम्पन्न भए

Read More

कतारका अमिरद्वारा ३ नेपालीलाई आममाफी

काठमाडौँ। कतारका अमिर शेख तमिम विन हमाद अल थानीले तीन जना नेपाली नागरिकलाई आममाफी दिएका छन्। विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका उनीहरूलाई रमजानको अवसरमा आममाफी दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आवश्यक प्रक्रिया पूरा भएपछि उनीहरू छिट्टै नेपाल फर्कने बताइएको छ।

Read More

९ महिनामा ७ लाख ४५ हजार राहदानी जारी, घरघरमा सेवा पुर्‍याउने तयारी

राहदानी विभागले पछिल्लो करिब ९ महिनामा ७ लाख ४५ हजारभन्दा बढी राहदानी जारी गरेको छ। २०८२ साउन १ गतेदेखि हालसम्म उक्त संख्यामा राहदानी जारी भएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको हो। यस अवधिमा मात्र २ लाख १० हजारभन्दा बढी राहदानी जारी गरी करिब २ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन भएको

Read More