Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री कपुर

काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री कपुर

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुगेका छन्।

भारतीय मूलका कपुर बालेन्द्र शाह नेतृत्वको सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल आएका हुन्। भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ।

तीन दिने भ्रमणपछि उनी बुधबार फर्किनेछन्। कपुर हालको सरकार गठनपछि नेपाल आउने सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ मानिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *