विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले सरकारले अध्यादेश ल्याउनु बहादुरी नभएको टिप्पणी गरेका छन्।
उनले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउनु बाध्यता हो वा राजनीतिक रणनीति भन्ने कुरा पछि स्पष्ट हुने बताए। कार्कीले अध्यादेश संविधानको अक्षरअनुसार भए पनि यसको मर्म कमजोर बनाइएको आरोप पनि लगाएका छन्।
उनका अनुसार संविधानलाई केवल कानुनी अक्षरमा सीमित नगरी यसको मूल भावना अनुसार प्रयोग हुनुपर्छ। उनले अघिल्ला सरकारहरूले पनि अध्यादेशमार्फत काम गर्दा आफूले प्रश्न उठाएको स्मरण गराएका छन्।


