Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अनेरास्ववियुको १३ बुँदे घोषणापत्र जारी, शिक्षा र कालापानी मुख्य मुद्दा

अनेरास्ववियुको १३ बुँदे घोषणापत्र जारी, शिक्षा र कालापानी मुख्य मुद्दा

नेकपा एमालेनिकट अनेरास्ववियुले १३ बुँदे ‘टीयू घोषणापत्र’ जारी गर्दै शिक्षा सुधारदेखि राष्ट्रिय मुद्दासम्मका माग अघि सारेको छ।

त्रिभुवन विश्वविद्यालयमा बसेको सचिवालय बैठकले आधारभूतदेखि माध्यमिक तहसम्मको शिक्षा पूर्ण रूपमा नि:शुल्क र अनिवार्य बनाउनुपर्ने माग गरेको छ। सार्वजनिक यातायातमा विद्यार्थी छुट ४५ प्रतिशत कार्यान्वयन गर्न पनि आग्रह गरिएको छ।

संगठनले कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतको अतिक्रमणको विरोध गर्दै सरकारले कडा अडान लिनुपर्ने बताएको छ।

त्यसैगरी, विद्यार्थीका समस्या समाधानका लागि विशेष इकाई स्थापना, अनुसन्धान अवसर विस्तार, महँगी नियन्त्रण र विश्वविद्यालयमा विद्यार्थी संगठनमाथिको प्रतिबन्ध हटाउनुपर्ने माग पनि राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *