मोरङको सुन्दरहरैँचामा ५ वर्षीया बालिकामाथि दुराचार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ।
घटना वैशाख ११ गते बिहान घर नजिकैको मकैबारीमा भएको बताइएको छ। पीडित परिवारको जाहेरीपछि प्रहरीले बालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।
स्थानीयले घटना देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। पीडित बालिकाको स्वास्थ्य परीक्षण र सुरक्षा प्रक्रिया अघि बढाइएको छ। यस घटनाले बालबालिकाको सुरक्षाबारे चिन्ता बढाएको छ।


