अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्स एसेन्ट समिट २०२६ मा सहभागी हुन नेपाल आएकी छन्। उनले समिटलाई सम्बोधन गर्नुका साथै नेपाल सरकारका उच्च अधिकारी, अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधि र विभिन्न शैक्षिक कार्यक्रमका पूर्वविद्यार्थीसँग भेटघाट गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा उनले पाटन दरबार क्षेत्र तथा अमेरिकी सहयोगमा पुनःनिर्माण गरिएका ऐतिहासिक सम्पदाहरूको अवलोकन गर्दै सांस्कृतिक संरक्षण र नेपाल–अमेरिका सहकार्यबारे चर्चा गर्नेछिन्।


