काठमाडौं — बजेटका प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित भएपछि सांसद अमरेश सिंह संसदमा आक्रोशित बनेका छन्। उनले परम्परा तोड्ने नाममा संसदीय अभ्यास नै कमजोर बनाइएको भन्दै सरकारको आलोचना गरे।
सिंहले मधेशबाट सबैभन्दा बढी समर्थन पाएर बनेको सरकारले मधेशलाई प्राथमिकतामा नराखेको आरोप पनि लगाए। उनले मधेश उपेक्षित रहे विस्फोटक अवस्था आउन सक्ने चेतावनी दिँदै सरकारलाई समयमै सम्बोधन गर्न आग्रह गरे।


