Friday, June 05, 2026
Home > स्थानीय समाचार > मकवानपुरमा दुग्ध किसानको १४ करोडभन्दा बढी भुक्तानी रोकियो

मकवानपुरमा दुग्ध किसानको १४ करोडभन्दा बढी भुक्तानी रोकियो

हेटौँडा । मकवानपुरका दुग्ध किसानले उद्योगबाट करिब १४ करोड ३५ लाख रुपैयाँभन्दा बढी भुक्तानी नपाएको पाइएको छ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघका अनुसार ११ डेरी उद्योगले लामो समयदेखि किसानको रकम रोकेका छन्, जसका कारण सयौँ किसान आर्थिक संकटमा परेका छन्।

सबैभन्दा बढी बक्यौता शुभ डेरी र गायत्री डेरी उद्योगमा रहेको बताइएको छ। अन्य उद्योगले पनि लाखदेखि करोडसम्म भुक्तानी दिन बाँकी छ।

भुक्तानी ढिलाइले किसानको जीवनयापन कठिन बनेको भन्दै केहीले व्यवसाय छाड्ने अवस्था आएको जनाइएको छ।

प्रशासनले असार मसान्तभित्र ६५ प्रतिशत र असोजसम्म सम्पूर्ण बक्यौता तिर्न निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *