काठमाडौँ — सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपीन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका २४ वर्षीय जोशीलाई ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको थियो। पछि गाजामा उनको मृत्यु भएको बताइन्छ।
उनको मृत्युको परिस्थितिबारे फरक–फरक दाबीहरू भए पनि स्वतन्त्र पुष्टि भने अझै हुन बाँकी छ।


