काठमाडौं — नागरिक समाजका अगुवाहरूले प्रधानमन्त्री वलेन्द्र शाह (बालेन) नेतृत्वको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्मिलित सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाएका छन्।
२८ जना प्रबुद्ध व्यक्तिले संयुक्त अपिल जारी गर्दै सरकारले नागरिक स्वतन्त्रता, संसद् प्रणाली र मानवअधिकारमाथि प्रहार गरेको भन्दै आपत्ति जनाएका छन्।
अपिलमा सुकुमबासी विस्थापन, अध्यादेशमार्फत शासन, संघ–संगठनमाथि प्रतिबन्धको प्रयास तथा पत्रकारमाथि दबाबजस्ता गतिविधिलाई लोकतान्त्रिक मूल्यविपरीत भन्दै तत्काल रोक्न माग गरिएको छ।


