Friday, June 05, 2026
Home > स्थानीय समाचार > धरानमा खाजा घरबाट लागुऔषधसहित दुई जना पक्राउ

धरानमा खाजा घरबाट लागुऔषधसहित दुई जना पक्राउ

धरान — सुनसरीको धरान–१५ स्थित एक खाजा घरबाट प्रहरीले दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा अजय खड्गी र विशाल राई रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट ठूलो परिमाणमा ट्रामाडोल, स्पास्पेन र डिकोलिक ट्याब्लेट बरामद गरिएको छ।

दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ भने लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *