काठमाडौं — राजधानीका बल्खु, कालिमाटी लगायत दर्जनभन्दा बढी सुकुम्बासी बस्तीमा आज बिहानदेखि डोजर चलाइएको छ। सुरक्षाकर्मी परिचालन गर्दै केही समय स्थानीयलाई सामान सार्न दिई पछि डोजर चलाइएको हो।
यसअघि थापाथाली, मनोहरा र सिनामंगल क्षेत्रमा पनि हटाउने अभियान चलाइएको थियो। बाँकी बस्ती खाली गर्ने सरकारी कार्य आज अघि बढाइएको छ।


