काठमाडौं — समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी बचत फिर्तामा राज्यकोषको रकम प्रयोग नभएको स्पष्ट पारेको छ। समितिका अनुसार ऋणीबाट असुल गरिएको रकम तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकममार्फत साना बचतकर्तालाई चरणबद्ध रूपमा बचत फिर्ता भइरहेको छ।
हाल समस्याग्रस्त घोषित २० सहकारीका १० हजार रुपैयाँभन्दा कम बचत भएका सदस्यलाई प्राथमिकतामा राखेर रकम वितरण भइरहेको समितिले जनाएको छ।


