Friday, June 05, 2026
Home > खेलकुद समाचार > गुजरातलाई हराउँदै बेंगलुरु आईपीएल फाइनलमा

गुजरातलाई हराउँदै बेंगलुरु आईपीएल फाइनलमा

काठमाडौं — रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएल २०२६ को फाइनलमा प्रवेश गरेको छ। पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै बेंगलुरु उपाधिनजिक पुगेको हो।

पहिले ब्याटिङ गरेको बेंगलुरुले ५ विकेट गुमाएर २५४ रन बनाएको थियो। कप्तान रजत पाटिदारले अविजित ९३ रन बनाए भने विराट कोहली र क्रुनाल पाण्ड्याले समान ४३ रन जोडे। जवाफमा गुजरात १६२ रनमै अलआउट भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *