काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको निलम्बन फिर्ता लिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आग्रह गरेका छन्।
उनीहरूले निलम्बनले एन्फाको स्वायत्ततामा असर पर्ने भन्दै वैशाख २१ भित्र निर्णय फिर्ता लिन पत्रमार्फत आग्रह गरेका हुन्।
यसअघि स्वीकृतिविना चुनाव गर्ने तयारीपछि राखेपले एन्फालाई निलम्बन गरेको थियो। विवाद समाधानका लागि अहिले सम्बन्धित पक्षबीच वार्ता पनि सुरु भएको छ।


