Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एमालेले ओली–लेखकमाथि मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग

एमालेले ओली–लेखकमाथि मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग

काठमाडौं — नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि लागेको मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ।

एमाले उपाध्यक्ष गुरुप्रसाद बरालले प्रतिनिधिसभा बैठकमा सरकारले एकै घटनामा फरक व्यवहार देखाएको भन्दै आपत्ति जनाए। उनले यस कदमलाई संविधान र कानुनको उल्लंघन ठहर गर्दै नागरिक हकको रक्षा गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।

ओली–लेखकमाथिको मुद्दा सर्वोच्च अदालतको आदेशअनुसार सशर्त रिहा हुने तयारीमा छ। अदालतले फागुन २५ भित्र अभियोजन नभएमा २६ गतेदेखि हिरासतबाट मुक्त गर्न निर्देशन दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *