काठमाडौँ । मंगलबार नेप्से परिसूचक २.६१ अंकले घटेको छ। सोमबार ८३.३३ अंकले बढेको नेप्से मंगलबार शून्य दशमलव शून्य ९ प्रतिशतले घटेको हो।
कुल ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको मूल्य घटेको छ। बैंकिङ, होटल–पर्यटन, हाइड्रोपावर र केही अन्य उपसमूह मात्र बढेका छन्।
भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर र श्वेतगंगा हाइड्रोपावर को सेयर १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ।


