Friday, June 05, 2026
Home > स्थानीय समाचार > कपिलवस्तुमा बस दुर्घटना, २६ यात्रु घाइते

कपिलवस्तुमा बस दुर्घटना, २६ यात्रु घाइते

कपिलवस्तु, २७ चैत – पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो। घाइतेमध्ये १७ जनालाई सञ्जीवनी अस्पताल, तीन जनालाई आधारभूत अस्पताल र अन्य ६ जनालाई बुटवलमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *