Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेस आधिकारिकता विवाद सर्वोच्चमा सुनुवाइमा

कांग्रेस आधिकारिकता विवाद सर्वोच्चमा सुनुवाइमा

काठमाडौं- नेपाली कांग्रेस को आधिकारिकता विवाद सर्वोच्च अदालतमा सुनुवाइमा प्रवेश गरेको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा मुद्दा पेसी तोकिएको हो।

शेरबहादुर देउवा पक्षले दायर गरेका दुई निवेदनमाथि सुनुवाइ हुँदैछ, जसमा महाधिवेशन प्रक्रिया रोक्न माग गरिएको छ।

विवाद गगन थापा लाई पार्टीको आधिकारिकता दिने निर्णयसँग सम्बन्धित रहेको छ। अदालतले यसअघि अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *