काठमाडौं — प्रधानमन्त्री कप क्रिकेटको आठौँ संस्करणको उपाधिका लागि शुक्रबार त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच वीरगन्जमा प्रतिस्पर्धा हुँदैछ।
अपराजित रहँदै फाइनल पुगेको आर्मी बलियो दाबेदारका रूपमा मैदान उत्रँदैछ भने पहिलो पटक फाइनल पुगेको सुदूरपश्चिम ऐतिहासिक उपाधि जित्ने लक्ष्यमा छ।
दुवै टोलीको उत्कृष्ट प्रदर्शनका कारण फाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।


