Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी सहकारी ठगीमा पक्राउ, सहकारी ठगी मुद्दा फेरि तातियो

रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी सहकारी ठगीमा पक्राउ, सहकारी ठगी मुद्दा फेरि तातियो

पोखरा – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पीडितका नेता कृष्णप्रसाद जैसी पक्राउ परेका छन्। उनी धनुष बचत तथा ऋण सहकारी ठगीको मुख्य योजनाकारको रुपमा संलग्न रहेको बताइएको छ।गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको प्रतिवेदनअनुसार यसमा १२ करोड ५६ लाख रुपैयाँ हिनामिनाको घटना भएको थियो। प्रतिवेदनमा जैसीले ऋण उपसमितिको पदाधिकारी भएर ८२ लाख रुपैयाँ हिनामिना गरेको उल्लेख छ। यसअघि रवि लामिछानेसहित ५१ जनाविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गरिएको थियो।जिल्ला प्रहरी कार्यालय कास्कीले जैसीसहित अन्य चार जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ र अनुसन्धान जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *