Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेस निकट ‘पटके गुण्डा’ सानुभाइ हिरासतमा

कांग्रेस निकट ‘पटके गुण्डा’ सानुभाइ हिरासतमा

काठमाडौं। विभिन्न आपराधिक घटनामा संलग्न २६ वर्षीय सानुभाइ (युवराज गुरुङ)लाई प्रहरीले दरबारमार्गबाट पक्राउ गरेको छ।

उनले रात्रिकालीन व्यवसायीहरूलाई धम्की दिएर आर्थिक लाभ लिने गरेको आरोप छ। सानुभाइ नेपाली कांग्रेसको अर्जुननरसिंह केसी समूह नजिक मानिन्छन् र यसअघि पनि विभिन्न कसुरमा पक्राउ परिसकेका छन्।

सार्वजनिक शान्ति खलल गरेको आरोपमा उनलाई हिरासतमा राखेर म्याद थपिने प्रवक्ता पवनकुमार भट्टराईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *