Friday, June 05, 2026
Home > स्थानीय समाचार > काठमाडौंमा २० हजार विद्यार्थीको आँखा परीक्षण गरिने

काठमाडौंमा २० हजार विद्यार्थीको आँखा परीक्षण गरिने

काठमाडौं — काठमाडौं महानगरपालिका र नेपाल आँखा अस्पताल बीच २० हजार विद्यार्थीको आँखा जाँच गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार उपत्यकाका कम्तीमा ३० विद्यालयका विद्यार्थीको विशेषज्ञ चिकित्सकबाट आँखा परीक्षण गरिनेछ। आवश्यक परे औषधि र चस्मा पनि उपलब्ध गराइनेछ।

महानगरले बालबालिकामा बढ्दो मोबाइल प्रयोगका कारण देखिन सक्ने दृष्टिदोष पहिचान र रोकथामका लागि यो कार्यक्रम ल्याएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *