Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > किसानको भुक्तानी १५ दिनमै सुनिश्चित गर्न सांसद अधिकारीको माग

किसानको भुक्तानी १५ दिनमै सुनिश्चित गर्न सांसद अधिकारीको माग

रास्वपाकी सांसद लिमा अधिकारीले किसानले उत्पादनको भुक्तानी १५ दिनभित्र पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभामा बोल्दै उनले दूध, उखुलगायतका किसानले वर्षौँसम्म भुक्तानी नपाउँदा आर्थिक संकट झेल्नुपरेको बताइन् । समयमा उचित मूल्य नपाउँदा युवाहरू विदेशिन बाध्य भइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *