Tuesday, July 21, 2026
Home > स्थानीय समाचार > पाटनमा चक्कु प्रहार गरी भागेका सन्जीवलाई प्रहरी जवान शाहानाले नियन्त्रणमा लिइन्

पाटनमा चक्कु प्रहार गरी भागेका सन्जीवलाई प्रहरी जवान शाहानाले नियन्त्रणमा लिइन्

पाटनको कृष्ण मन्दिर क्षेत्रमा नेम्बाङ दाजुभाइमाथि चक्कु प्रहार गरी भाग्दै गरेका सन्जीव नेपालीलाई प्रहरी जवान शाहाना बोहराले पक्राउ गरेकी छन्। घटनापछि चक्कुसहित भागिरहेका सन्जीवलाई शाहानाले पछ्याउँदै लाठी प्रहार गरी नियन्त्रणको प्रयास गरेकी थिइन्। उनी रेष्टुरेन्टभित्र लुकेपछि थप प्रहरी टोलीको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। साहसिक कार्यका लागि शाहानालाई पुरस्कारसमेत प्रदान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *