विराटनगर । कोशी प्रदेश सरकारले जेन्जी आन्दोलनका क्रममा जलेर क्षति भएका सवारीसाधन तथा भौतिक सामग्री लिलाम बिक्री गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् उद्धार कार्यविधि, बीउबिजन नियमावली र जीवनाशक विषादी व्यवस्थापन नियमावली स्वीकृत गरेको जनाएको छ।
बैठकले चिकित्सकको विशेष प्रोत्साहन भत्ता कार्यविधि र प्रदेश खेलकुद ऐन संशोधन अध्यादेश पनि स्वीकृत गरेको छ।


