काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।
दिउँसो १ बजे बस्ने बैठकमा उनले फागुन २१ पछि पहिलो पटक संसद्मा धारणा राख्न लागेका हुन्।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम, समसामयिक राजनीति र सरकारको कामकारबाहीबारे प्रचण्डले आफ्नो भनाइ राख्ने बताइएको छ।


